×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चर्चित राप्रपा नेत्री कोमल ओली र कांग्रेस खम्वा बलिभद्र राना अब एमालेका नेता !

LAXMI SUNRISE BANK

चर्चित राप्रपा नेत्री कोमल ओली र कांग्रेस खम्वा बलिभद्र राना अब एमालेका नेता !

५ आश्विन २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – राप्रपा नेत्री तथा चर्चित गायिका कोमल वली अब एमाले नेत्री बन्ने भएकी छिन् । नेपाली कांग्रेसका दाडका प्रभावशाली स्थानीय नेता तथा समाजसेवी बलिभद्र राना र राप्रपा नेत्री कोमल एमालेमा प्रवेश गर्ने भएका छन् ।
राना र वलीलाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली ९ असोजमा दाड जाने भएका छन् । दाडमै ओलीले कोमल र बलिभद्रसहित सयौलाई एमालेमा प्रवेश गराउने तयारी गरेका छन् । स्थानीय तहको निर्वाचनमा उच्च सफलता प्राप्त गरेको एमालेलाई राना र वलीको आगमणले थप मजबुत बनाउने भएको छ भने कांग्रेसको किल्ला भत्किने भएको छ ।
राप्रपा विभाजन भएपछि विरक्तिएकी कोमल एमाले अध्यक्ष केपी शर्मा ओली र प्रभावशाली नेता शंकर पोखरेलसँग सम्वादमा छन् । आगमी निर्वाचनमा उनी दाडबाट उम्मेद्धार बन्न चाहिरहेकी छिन् । केही दिनअघि आफु दाडबाट चुनाव लड्न चाहेको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन । केही दिनअघि मात्र ओली एमाले नेता माधव नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेकी थिइन । पछिल्लो समय एमाले नेताहरुसँग बाक्लो भेटघाटमा रहेकी ओली अन्तः एमाले नेत्री बन्ने भएकी छिन् ।
एमालेले उनलाई उम्मेद्धार बनाउने या नवनाउने बिषयमा टुंगो लगाइसकेको छैन । तर उनलाई उम्मेद्धार बनाउने सम्भावना भने धेरै रहेको एमाले दाडका नेताहरु बताउन थालेका छन् । कोमल दाडका ४ नम्वर क्षेत्रबाट चुनाव लड्ने मनस्थितिमा छन् ।
त्यसैगरी दाड कांग्रेसमा निकै ठुलो प्रभाव राख्ने बलिभद्र राना एमालेमा प्रवेश गर्ने अन्तिम तयारी गरिहेका छन् । रानालाई रोक्न कांग्रेसदेखि माओवादी केन्द्रका नेताहरु सक्रिय भएका छन् । माओवादी केन्द्रका नेता तथा परराष्टमन्त्री कृष्णबहादुर महराले एनसेल कम्पनीको काम दिने भन्दै उनलाई फकाउन थालेका छन् । तर आफ्नो निर्णयमा अडिग रहने राना एमालेमा प्रवेश गरी सांसद बन्ने तयारी गरिरहेका छन् । रानालाई कांग्रेसमै बसिदिन महराले आग्रह गरेका थिए । तर उनले अस्वीकार गरेको स्रोतले बताएको छ । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी