×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केपी ओलीको सचिवालयमा हेरफेर, कसलाई के जिम्मेवारी ?

LAXMI SUNRISE BANK

केपी ओलीको सचिवालयमा हेरफेर, कसलाई के जिम्मेवारी ?

२६ भाद्र २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा हेरफेर भएको छ ।
नयाँ जिम्मेवारी अनुसार पार्टीका केन्द्रीय सदस्य देवराज घिमिरेलाई पार्टी केन्द्रीय कार्यालयमा अध्यक्षको निजी सचिवालयको जिम्मेवारी तोकिएको छ । घिमिरेलाई राजनैतिक प्रकृतिका कामहरु व्यवस्थित गर्ने जिम्मेवारी तोकिएको छ । झापा विर्तामोडका घिमिरे राष्ट्रिय सभाका पूर्व सदस्य हुन् ।
प्रमुख स्वकीय सचिवको जिम्मेवारी राजेश बज्राचार्यलाई दिइएको छ । काठमाण्डु कीर्तिपुरका बज्राचार्य एक दशकअघि देखि ओलीको स्वकीय सचिवको रुपमा कार्यरत छन् ।
अनिश दाहाललाई संसदीय फाँट र विकास निर्माणका काम हेर्ने गरी स्वकीय सचिवको जिम्मेवारी दिइएको छ । अनेरास्ववियुको राजनीतिसँगै नेकपा एमाले झापा–काठमाण्डु सम्पर्क मञ्चको जिम्मेवारी बहन गरिसकेका दाहाल विगत एक वर्षदेखि ओलीको सचिवालयमै रहेका छन् ।
अध्यक्ष ओलीले सञ्चार क्षेत्रसँग समन्वय गर्न चेतन अधिकारीलाई प्रेस संयोजकको जिम्मेवारी दिएका छन् । डेढ दशकदेखि मूलधारको पत्रकारिता गर्दै आएका अधिकारी ओली प्रधानमन्त्री रहँदा वरिष्ठ सञ्चार विज्ञ (प्रेस संयोजक) का रुपमा कार्यरत थिए । – काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी