
पोखरा । पोखरास्थित सराङ्कोट महोत्सव स्थलमा केही युवाहरुले खुँडा हानाहान् गरेका छन् । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली प्रमुख अतिथी रहेको कार्यक्रमका युवाहरुले खुँडा हानाहान गरेपछि ओली दंग परेका थिए ।
तर उक्त खुँडा हानाहान कुनै झगडा या ग्यांग फाइटका कारण भने पट्टक्कै होइन । १० बर्ष पछि पोखराको पर्यटकीय स्थल सराङ्कोटमा हुदै गरेको महोत्सवको उद्घाटनका दिन युवाहरुको जमाथले खुँडा हानाहान् गरेका हुन् ।
महोत्सवको परम्परालाई थेग्दै झाँकी प्रस्तुत गर्ने क्रममा युवाहरुले हातमा लामा–लामा खुँडा हानाहान् गरेका थ थिए । यो एक प्रकारको परम्परागत नृत्य नै हो ।
सराङ्कोट महोत्सवले यो लोप हुन लागेको नृत्य झाँकीको रुपमा प्रस्तुत गरेको थियो । शुक्रबार महोत्सवको उदघाटन गर्दै ओलीले उक्त नृत्यको प्रशंसा गर्दै यसलाई जोगाउनुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा अध्यक्ष ओलीले काठमाडौंबाट पोखरासम्म रेल ल्याएरै छाड्ने प्रतिवद्धता दोर्याए । काठमाडौंबाट पोखरासम्म पुग्ने रेलमार्ग निर्माणका लागि प्रकृया सुरु भइसकेको र केही बर्षभित्र सन्चालनमा आउने उनले बताए। रेलमार्ग निर्माणमा केहि ढिलाई भएपनि यसलाई कसैले रोक्न नसक्ने ओलीको भनाई छ ।
सराङकोट टोल विकास संस्था समन्वय समितिको आयोजना तथा सराङकोट समाज सेवा युवा क्लव, स्मृति युवा क्लव र सराङकोट पर्यटन विकास समितिको सह–आयोजनामासुरु भएको उक्त महोत्सव भदौ २५ गतेसम्म चल्नेछ । महोत्सवमा करिब ६० वटा विभिन्न व्यापारिक तथा हस्तकलाका स्टलहरु राखिएका छन ।
यस्तो थियो खुँडा हानाहान् गर्ने नृत्य (भिडियो हेर्नुहोस्)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्