
पाटन – ललितपुर महानगरपालिकालाई आइतबारबाट ट्राफिक जाममुक्त शहर घोषणा गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरको पहलमा ट्राफिक जाममुक्त शहर घोषणा गरिएको हो ।
‘ललितपुर महानगर–ट्राफिक जाममुक्त शहर’ भन्ने मुख्य नारासहित आइतबार एक कार्यक्रम आयोजना गरी ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी सर्वेन्द्र खनालले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्दै जाममुक्त शहरको घोषणा गरेका हुन्।
कार्यक्रममा मेयर महर्जनले भने ‘निर्वाचनको समयमा मैले ललितपुर महानगरलाई ट्राफिक मुक्त शहर बनाउने प्रतिवद्धता गरेको थिएँ। मेरो कर्तव्य थियो। आज पुरा भयो।’
मेयर महर्जनले सबैलाई ट्राफिक जाममुक्त शहर बनाउन सहयोग गर्न पनि आग्रह गरे। उनले ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ललितपुरका तीन ठाउँमा ट्राफिक लाइट र दुई ठाउँमा आकासे पुल निर्माण गर्ने तयारी भएको बताए।
कार्यक्रमम ट्राफिक महाशाखा प्रमुख सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनले राष्ट्रको प्रतिष्ठालाई झल्काउने भएकाले जाममुक्त शहर बनाएर छाड्ने दाबी गरे। उनले भने ‘हामीले ललितपुरलाई जाममुक्त शहर बनाउने अठोट गरेका हौं, हामी गरेरै देखाउँछै। त्यसको थालली आजैबाट भएको छ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्