×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भर्खरै गाभिएको यतिको ‘गुट’ ले काम गर्न नदिएपछी महालक्ष्मी बैंकका सीईओले जागिर छाडे !

PRIME CA

भर्खरै गाभिएको यतिको ‘गुट’ ले काम गर्न नदिएपछी महालक्ष्मी बैंकका सीईओले जागिर छाडे !

१९ भाद्र २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – महालक्ष्मी विकास र यति डेभलोपमेन्ट बैंक गाभिएपछी तत्कालीन यति डेभलपमेन्ट बैंकको ‘गुट’को दबाबमा महालक्ष्मी बैंकका सीईओ प्रमुख कार्यकारी अधिकृतबाट काम गर्न नदिएपछि बैंकका सीईओ रमेशकुमार भट्टराईले राजिनामा गरेका छन् । उनले कात्तिक १ गतेबाट लागू हुने गरि भट्टराईले राजिनामा गरेका हुन् । बैंक स्रोतका अनुसार यति बैंकबाट आएको गुटले काम गर्न नदिएपछी यसअघि नै एक अर्को संस्थामा जागिर पक्का गराएर उनले राजीनामा दिएका हुन् । 
भट्टराईकै ‘इनिसिएसन’मा महालक्ष्मी विकास बैक खुलेको थियो तर अन्तिममा गएर उनीनै बैंकबाट निकालिएका छन् । यसअघि महालक्ष्मी फाइनान्स छोडेर उनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए । नेपालको जीवन बीमा कम्पनीमा पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृतसमेत बनेका भट्टराई एसियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत हुँदै पुन: महालक्ष्मीमा फर्किएका थिए ।
यता उनले छोडेपछि महालक्ष्मीको नयाँ सीईओको रुपमा कैलाश विकास बैंकका पूर्व प्रमुख कार्यकारी कृष्णराज लामिछाने र जनता बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत अजय मिश्रको चर्चा चल्न थालेको छ । यी दुइ मध्ये एक सीईओ भएर महालक्ष्मीको कमान सम्हाल्ने बुझिएको छ ।  उनी अहिले तत्कालका लागि अरुको मुख टाल्न महालक्ष्मी इन्सुरेन्स जाने र त्यहाँबाट पनि केहि समयपछि राजीनामा दिएर अर्को बैंक जाने तयारी गरिएको बुझिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: