
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकारका एक मन्त्रीको तस्विर शहिदको सूचीमा राखिएको छ । कक्षा ३ मा पढाइहुने प्राथमिक तहको एक पुस्तकमा वर्तमान कानुन तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा सहिद भएक छन् । सहिदको सूचि राखिएको पुस्तकमा उनको तस्विर पनि समावेश गरिएको छ ।
विद्यार्थी प्रकाशन प्रालिले प्रकाशन तथा वितरण गरेको ‘मास्टरमाईन्ड जनरल नलेज एन्ड आईक्यु टेस्ट’ नामक सामान्य ज्ञानको पुस्तकमा नेपालका सहिदहरुको तस्विर राखिएको छ । वर्तमान कानुनमन्त्री पुस्तकका अनुसार सहिद भइसकेका छन् । शहिदको सुचीमा क्याप्टेन यज्ञबहादुर थापाको तस्विर हुनुपर्ने थियो । तर प्रकाशकको त्रृटिका कारण बर्तमान मन्त्रीको तस्विर प्रकाशित भएको छ ।
पुस्तकको ११ पृष्ठमा मन्त्री थापाको नाम र तस्विर रहेको छ ।

– एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्