
काठमाडौँ – एकतिहाइ नेपालीलाई बिहान-बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोलाको हीरा, पन्न रुवी र मुगाजडित औंठी रहेको छ। प्रधानमन्त्री देउवाको नाममा एभरेस्ट बैंकमा जम्मा १६ लाख ५० हजार नगद छ। उनको नाममा सेयर र सवारीसाधन देखाइएको छैन।
देउवाले बूढानीलकण्ठस्थित घर र जग्गाको विवरण भने लुकाएका छन्। भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रधानमन्त्री तथा मन्त्रीहरूले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाएर सार्वजनिक गर्नुपर्ने प्रावधान छ। प्रधानमन्त्री देउवाले पेस गरेको सम्पत्ति विवरणमा देउवाका पिता प्रसादसिंह देउवाको नाममा डडेलधुराको असीग्रामलगायत विभिन्न स्थानमा ५६ रोपनी १७ आना र कञ्चनपुरको कृष्णपुरमा सगोलमा १० बिघा जग्गा रहेको छ।
सरकार परिवर्तन हुँदा प्रायः मन्त्री हुन नछुट्ने गच्छदारको सुनसरी दुहवी नपामा २-७ वर्गमिटरमा रहेको २ कोठाको टिनको छाना भएको पक्की घर, श्रीमती निर्मलाको नाममा विराटनगर महानगरपालिका-१५ मा दुईतले पक्की घर छ। त्यसैगरी, ७५ तोला सुनका धनी गच्छदार र उनकी श्रीमतीको नाममा दुहबी, विराटनगर, ललितपुरको बुङमतीलगायत विभिन्न स्थानमा जग्गा-जमिन रहेको विवरणमा उल्लेख छ।
सम्पत्ति विवरण सार्वजनिक गरिएका मन्त्रीमध्ये सबैभन्दा धनी मन्त्रीका रुपमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ देखिएका छन्। उनको सम्पत्ति हेर्दा उनी अर्बपति मन्त्रीका रूपमा देखिएका छन्। उनको स्याङ्जा, पोखरा, रुपन्देही, काठमाडांैको कुलेश्वर र ललितपुरमा गरी सातवटा पक्की घर रहेको छ। उनको विभिन्न नाममा करोडौं मूल्यका जग्गा छन्। मन्त्री श्रेष्ठ र उनको परिवारका सदस्यको नाममा चार वटा गाडी रहेका छन्। गच्छदारसँग एक थान राइफल र १ थान बाह्रवोरको बन्दुक छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्