काठमाडौं – डिआइजी नवराज सिलवाल अब राजनीतिक मैदानमा आउने भएका छन् ।
सरकारले प्रहरीको प्रमुख नबनाएपछि अदालतको ढोकामा पुगेका सिलवालले अन्ततः मुद्दा हारेका छन् । सर्वोच्चले सिलवालको रिट खारेज गरेसँगै उनले प्रहरी सेवाबाटै राजिनामा दिएका छन् ।
स्रोतका अनुसार सिलवालको राजिनामा स्वीकृत भएलगत्तै केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमालेमा प्रवेश गर्ने तयारी भइरहेको छ ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममै सिलवाललाई गृहमन्त्री बनाएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ दिने बताएका थिए ।
ओलीले सरकारले सिलवाललाई अन्यायपूर्ण ढंगबाट हटाउन हदैसम्मको चलखेल गरेको भन्दै सिस्टम सुधार्न अब सिलवाल नै गृहमन्त्री बन्नुपर्छ बताएका थिए
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्