×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपाले भकाभक कारवाही गर्न थालेपछि भ्रष्ट, तस्कर, माफिया र कमिसनखोरको भागाभाग

LAXMI SUNRISE BANK

नेकपाले भकाभक कारवाही गर्न थालेपछि भ्रष्ट, तस्कर, माफिया र कमिसनखोरको भागाभाग

६ आश्विन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दाङ – निर्माण गर्ने जिम्मा लिएर सडक नबनाई नागरिकलाई सास्ती दिएको भन्दै ठेकेदार पदम शर्मालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले कालोमोसो लगाएर कारवाही गरेको छ ।
घोराही कटुवाखोलोदेखि तुलसीपुर चोकसम्म बाटो फराकिलो पार्ने जिम्मा लिएर निर्माण पूरा नगर्ने कान्सुराम निर्माण सेवा कम्पनिका स्थानीय ठेकेदार पदम शर्मालाई घोराही जनपरिषदले बिहीबार कोलोमोसो दलेर चेतावनी कारवाही गरेको जनाएको छ ।
निर्माण कार्य पूरा नहुँदा घोराही बासिन्दाको लामो समय धुलाम्मे भएर सास्ती भोग्नुपरेको व्यापक गुनासो आएपछि सचेतस्वरुप ठेकेदार शर्मालाई कालोमोसो दलेको नेकपाका घोराही उपमहानगरपालिका जनपरिषद्ले घटनास्थलमा भेटिएको आरोप पर्चामा उल्लेख गरेको छ ।
मोसो छल्न शर्मा भाग्दै गरेको अवस्थाको तस्बीर समेत प्राप्त भएको छ । उनी एकातिरबाट आएको मोसो छल्न हातमा माेवाइल च्याप्दै भाग्दै गर्दा अर्कोतिरको मोसोमा परेका थिए । यसअघि उनी स्थानीयलाई दुःख दिँदै गुनासोलाई बेवास्ता गरेर त्यही सडकमा आवतजावत गर्दै आइरहेका स्थानीयले बताए ।
धुलम्मे सडकका कारण सर्वसाधारण स्वास्थ्यमा समेत समस्या देखिँन थालेको र बजार प्रदुर्षित बनेको गुनासो स्थानीयको छ । स्थानीयले निर्माण सक्न जतिपटक अनुरोध गरेपनि शर्माले बेवास्ता गर्दै आइरहेका थिए । निर्माण कार्य तत्काल सम्पन्न नगरे थप कडा कारवाही गर्ने परिषद्ले जनाएको छ । नेकपाले जनपरिषद्लाई जनसत्ताको रुपमा सारिएको छ ।
सडक निर्माण ढिलाई हुनुमा सडक डिभिजन र घोराही नगरपालिकाको समेत हात रहेको नेकपाको दाबी छ । उसले यथाशिघ्र सडक बनाउन सम्बन्धित कार्यालयलाई समेत चेतावनी दिइएको छ ।
नेकपाले पछिल्लो समयमा भ्रष्ट, तस्कर, माफिया र कमिसनखोरलाई कोलोमोसो लगाएर कारवाही गर्ने अभियानलाई तीव्रता दिँदै आएपछि अरु कमिसनखोर र भ्रष्ट, तस्करहरुको भागाभाग भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी