
काठमाडौँ- नेपालको सबैभन्दा चर्चित र सबैभन्दा विवादित रियालिटी शो नेपाल आइडलले अन्तत आफ्नो त्रुटी सच्याएको छ । एक साता अघि कसैलाई पनि एलिमिनेसन नगरी भोटबाट पैसा उठाउने खेलमा कार्यक्रम निर्माताहरु लागेको भन्दै चर्को विरोध भएको थियो । विरोधपछि नेपाल आइडलविरुद्ध अदालतमा मुद्धासमेत परेको छ ।
‘गत हप्ताको नो एलिमिनेसन एपिसोड फर्मेट बमोजिमनै भए पनि एसएमएस भोटिंगमा यहाँहरुले खर्च गर्नु भएको पैसा र सम्बन्धित प्रतिस्पर्धीहरुले पाएको गत हप्ताको भोट यस हप्ता प्राप्त भोटसँगै गणना हुने विदितै छ । यसबारेमा सामाजिक संजालहरुमा देखिएको जिज्ञासाका बारेमा फ्रिमेन्टल मिडियालाई अवगत गराएपछि उठेका गुनासा सम्बोधन गर्न विशेष व्यवस्था गदै चलिआएको एसएमएस व्यवस्थाका साथै नेपाल आईडलको एपमार्फत नेपालभित्रैबाट नि:शुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ । यसका लागि भोट गर्नुपूर्व ईच्छुक दर्शक महानुभावहरुले नेपाल आईडलको एप डाउनलोड गर्न सक्नु हुनेछ र आफ्ना मनपर्ने प्रतियोगीलाई एक लग इन आइडिबाट ५ भोट निशुल्क गर्न सक्नु हुनेछ ।’ नेपाल आइडलले जनाकारी गराएको छ ।
नेपाल आइडल एपीवान टेलिभिजनमा प्रशारण भइरहेको रियालिटी शो हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्