
काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार चौथो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी -Best Managed Life Insurance Company अवार्डबाट पुरष्कृत भएको छ । न्यूबिजिनेस एज प्रा.लि.को आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१७” को अवसरमा यस कम्पनीलाई उक्त पदकबाट सम्मानित गरिएको हो ।
कम्पनीले गत आ.व. २०७३।०७४ को अवधिमा बैदेशिक रोजगार व्यवसाय समेत गरि प्रथम बर्ष बीमाशुल्क आम्दानी करिब रु.४२१ करोड भन्दा बढि हासिल गरेको तथा कुल बीमाशुल्क आम्दानी करिब रु.१२.२२ अर्ब हासिल गरेको छ । कम्पनीले समग्र जीवन बीमा क्षेत्रमा सर्वाधिक बजारहिस्सा ओगटी एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्