×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेमकिपाभित्र विद्रोह, उपाध्यक्षको नेतृत्वमा नयाँ पार्टी गठन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेमकिपाभित्र विद्रोह, उपाध्यक्षको नेतृत्वमा नयाँ पार्टी गठन

Artha Sarokar

३ आश्विन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – नेपाल मजदूर किसान पार्टीमा विद्रोह भएको छ । केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा विद्रोह भएपछि ‘बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान’ नामक नयाँ पार्टी गठन गरिएको छ ।
पार्टी नेतृत्व सिमित ठाउँबाट बाहिर निस्कन नसक्दा संगठन फैलिनुको साटो खुम्चिँदै गएको र आफूहरुको सुझावलाई पार्टी नेतृत्वले बेवास्ता गरेका कारण आफूहरु राजिनामा दिन बाध्य भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा मान्ने शक्तिहरुसँग वृहत कम्युनिस्ट एकताको लागि छलफल जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।
उपाध्यक्ष धितालसँगै नेमकिपाका १३७ नेता–कार्यकर्ताले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी