×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहारअघि नेप्सेले नयाँ जीएम नपाउने, अनलाइन प्रणाली पनि तत्काल नआउने पक्कापक्की !

PRIME CA
GLOBAL IME BANK

तिहारअघि नेप्सेले नयाँ जीएम नपाउने, अनलाइन प्रणाली पनि तत्काल नआउने पक्कापक्की !

२० भाद्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- निर्वाचन आचारसंहिताले नेप्सेको जीएम नियुक्ति रोकेपछि नेप्सेले अव तिहार अघि जीएम नपाउने पक्कापक्की हुने भएको छ । आगामी असोजमा हुने निर्वाचनका कारण निर्वाचन आचारसंहिता लागेपछि नयाँ नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाइंदैन । सरसर्ती हेर्दा तिहार अघि नेप्सेले नयाँ जीएम नपाउने पक्का भएको छ ।
‘तिहार अघि त कुनै पनि हालतमा सम्भव छैन । अझ मङ्सिरमा समेत अर्को तहको निर्वाचन हुने पक्कापक्की भयो भने त नेप्से ले जीएम पाउन पुष-माघ कुर्नुपर्छ ।’ निर्वाचन आयोगका एक उच्च तहका कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।
यता नयाँ जीएमको नियुक्ति तत्काल नहुने भएपछि नेप्सेले ल्याउन लागेको भनिएको अनलाइन प्रणाली पनि बेवारिसे बन्ने भएको छ । ‘अनलाइन प्रणाली बनीसकेको खण्डमा समेत नयाँ जीएम बिना त्यसको विधिवत सुरुवात गर्न सकिंदैन ‘ नेप्सेको उच्च स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो, ‘एक त अनलाइन यस्तो बन्यो र उस्त बन्यो, अनि यति काम सकियो र उति काम सकियो भन्ने कुरा हल्ला मात्र हो । एक त काम नै सकिएको छैन, काम सकेपनि तत्काल अनलाइन प्रणाली आउन गाह्रो छ ।’ उनले भने ।
जीएम नपाउँदा नेप्सेका थुप्रै काम लथालिङ्ग छन् । नेप्सेको जीएम बन्ने लाइनमा पहिलेका जीएम सीताराम थपलिया सहित १३ जना लाइनमा छन् । तिहार अघि नयाँ नियुक्ति नहुने भएपछि अहिले यी १३ जना आफ्नो नियमति काममा व्यस्त हुन थालेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: