स्थानीय तहको लागि निर्वाचन हुन बाँकी रहेको प्रदेश नं २ मा सोमबार मतदान हुँदैछ। निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबार रातिदेखि नै मौन अवधि तोकेको भए तापनि राजनीतिक दलहरुले त्यसको ठाडो रुपमा उल्लङ्घन गर्दै आफ्नो पार्टी या उम्मेदवारहरुको प्रचारप्रसारमा व्यस्त रहेको पाइएको छ।
निर्वाचन आचारसंहितालाई चुनौती दिँदै राजनीतिक दलले ‘मौन अवधि’ भित्र तराई-मधेसका ८ जिल्लामा विभिन्न बहानामा मतदातालाई प्रभावित गर्ने प्रयास जारी राखे । आइतबार पनि विश्वकर्मा पूजाको बहाना गर्दै राजनीतिक दल तथा उम्मेदवारहरुले विभिन्न स्थानमा मतदाताहरुलाई भोजभतेर गर्नसमेत भ्याए ।त्यस्तै कतिपयले त राष्ट्र बैंकले दशैंकों लागी साटेको १६ अर्ब रुपैयाँमध्ये एक सय, पाँच सय र एक हजार दरका नयाँ नोट तराई-मधेसका मतदातालाई स्थानीय तहका उम्मेदवारमार्फत दिएका छन् ।
मधेस स्वायत्त प्रदेश र आत्मनिर्णयको अधिकारको मुद्दा स्थापित गरौं भन्दै १३ महिने आन्दोलन र ७ महिने भारतीय नाकाबन्दी, संविधान निर्माणदेखि दोस्रो संशोधनसम्मको मुद्दालाई आन्दोलनकै रूपमा लिएर जनताबीच होमिएको राजपाले मौन अवधिको दुरुपयोग रोक्न भन्दै आइतबार राति खबरदारी अभियान नै सञ्चालन गर्यो ।
राजपा महासचिव मनीषकुमार सुमनले आइतबार रातभर ८ जिल्लाका १ सय ३६ स्थानीय तहमै ‘जाग्राम’ अभियानअन्तर्गत कार्यकर्ता परिचालन गरेको जानकारी दिए । उनले भने, ‘हाम्रो योजना प्रमुख तीन ठूला दल र सिंहदरबारमार्फत हुने चन्दा, पुरस्कार, उपहार र दान दक्षिणा रोक्नु हो ।’
जात, धर्म, संख्या हेरी ठूला दलले खसी, राँगा, कुखुरा, सुँगुर, बंगुरको मासुसमेत बाँडेको आरोप सुमनले लगाए । दूधको प्याकेटमा रक्सी भर्दै परिवारको संख्याअनुसार एकदेखि पांँच लिटर वितरण गरिएको जानकारी उनले दिए ।
संघीय समाजवादी फोरम नेपालका सांसद लालबाबु यादवले पर्सामा ठूला दलले मौन अवधिको दुरुपयोग गर्दा ठाउँठाउँमा निगरानी गर्नुपरेको बताए । आचारसंहिता पालना गराउने कुनै संयन्त्र नहुँदा चुनावमा ठूला दलले मतदातालाई भोजभतेर र रकम बाँडेको सयौं प्रमाण रहेको दाबी उनले गरे । – अन्नपूर्ण पोस्ट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्