
इन्भेष्टमेन्ट बैंकले लाभांश बारेको सूचना जारी गरेको दिन गत बुधबार ७ करोड रुपैयाँ बढीको ९१ हजार २४७ कित्ता सेयर किनबेच भएको थियो । बुधबार इन्भेष्टमेन्ट बैंकले बजार खुलेलगत्तै २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने सूचना प्रवाह गरेको थियो । तर, त्यसको केही समयपछि ‘टाइप मिस्टेक’ भन्दै बैंकले अघिल्लो सूचनालाई सच्याई २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयरको निर्णय गरिएको जानकारी गराएको थियो ।