
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल इन्भेष्टमेन्ट बैंकले टाइपमा गडबडी भएको भन्दै यसअघि नेप्सेलाई दिएको सूचना सच्याएपछी यो प्रकरणले नेपाली पूँजी बजारनै तातेको छ । पहिला प्रकाशित सुचनामा यसअघि नेप्सेमा प्रकाशित सूचना अनुसार इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको उल्लेख गरेको भएपनि नेप्सेमै प्रकाशित अर्को सूचनामा भने बैंकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरिएको बताएपछि यो प्रकरण उचाईमा पुगेको थियो ।
बैंककै कर्मचारीको खुलासा, ‘टाइप मिस्टेक नाटक मात्रै, सबै नियोजित रुपमै गरिएको थियो’
यता नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत एक उच्च तहका कर्मचारीले भने सबै काम नियोजित रुपमै गरेको बताएका छन् । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बैंकका ती कर्मचारीले भने, ‘टाइप गर्नेले टाइप गरेकै भरमा सुचना बाहिरिने होइन । त्यसको निश्चित प्रक्रिया हुन्छ । सीईओले हेरेका थिए । टाइप मिस्टेक भन्ने कुरा गलत हो । बजार प्रभावित बनाउने उनको उदेश्य बमोजिम नै यस्तो काम गरिएको थियो ।’
लगानीकर्ता संघको यस्तो माग
यता सेयर लगानीकर्ता संघ नेपालले एक विज्ञप्ति जारी गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले प्रवाह गरेको पहिलो सूचना अनुसारकै निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेको छ । ‘पहिलो सूचनाको खण्डन गर्दै दोश्रो सूचना जारी गर्ने सम्बन्धित संस्थालाई लिखित स्पष्टीकरण नै नलिई फेरि जस्ताको तस्तै अर्को सूचना प्रवाह गर्नु न्यायोचित देखिएन ।’ विज्ञप्तिमा भनिएको छ–‘भोलि फेरि सूचिकृत कम्पनीहरुले यस्तै सूचना जारी गर्दा हामी लगानीकर्ताहरुले के आधारमा सूचनालाई विश्वास गर्ने ? के नेपालको पूँजीबजारमा नियामक निकायहरुको कुनै भूमिका छैन ?’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्