Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकद्वारा ओम अपाङ्गता बालबालिका स्याहार केन्द्रलाई सहयोग

अर्थ सरोकार

एन आई सी एशिया बैंकले स्यूचाटार, काठमाडौंस्थित ओम अपाङ्गता बालबालिका स्याहार केन्द्रमा आश्रित शारीरिक रुपमा असक्षम अनाथ बालबालिकाहरुका लागि दैनिक रुपमा आवश्यक पर्ने खाद्य पदार्थहरु (खानेकुरा) मासिक रुपमा आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
बैंकले आफ्नो देश भरी फैलिएको १२५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गरिदै आएको जानकारी गराउँदै भविष्यमा पनि यसरी नै निरन्तर रुपमा सामाजिक कार्यहरुमा सहयोग गरिरहने बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानले जानकारी दिए।
यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकाशका कार्यहरुमा योगदान पुर्‍याउन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK