Skip to content
LAXMI SUNRISE BANK

एनआईसि एशिया बैंकले फेरी सुरु गर्यो सेयर धितो कर्जा, १० करोडसम्मको ऋण २ दिनमै पाइने

अर्थ सरोकार

काठमाडौं – एनआईसी एशिया बैंकले २ दिनमै १० करोडसम्म पाइने गरी सेयर धितो कर्जा फेरी सुरु गरेको छ। त्यसका लागि सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकताको व्यवस्था गरेको जानकारी बैंकले दिएको छ। बैंकले कर्जा दुई कार्य दिन मै प्रवाह गर्ने जानकारी पनि दिएको छ । 
नेपाल स्टक एक्सचेन्जमा सूचिकृत साधारण तथा संस्थापक शेयर धितोमा राखेर शेयर कर्जा उपलब्ध गराईने पनि बैंकले जानकारी दिएको छ।
बैंकले यो कर्जा बैंकका १२० वटै शाखाबाट उपलब्ध हुने जानकारी समेत दिएको छ । कर्जा अन्तर्गत गाहकले न्यूनतम २५ लाखदेखि अधिकतम १० करोड रुपैयाँसम्म ऋण लिन सक्ने बैंकले जानकारी दिएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK