
काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री बिजयकुमार गच्छदार र उपसभामुख गंगाप्रसाद यादवलाई आचारसंहित उलंघन गरेको आरोपमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ । तर प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले जति आचारसंहिता उलंघन गरेपनि आयोगले स्पष्टीकरण सोध्ने आँट गरेको छैन ।
केही समयअघि सूर्य चिन्ह भएको टोपी लगाएकै कारण एमाले नेता माधवकुमार नेपाललाई आयोगले २४ घण्टे स्पष्टीकरण सोध्यो । आयोगले स्पष्टीकरण सोधेको केही सातापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रौतहटमा १ हजार थान सिलिण्डर र ग्याँस चुलो वितरण गरे तर आयोग केही बोल्न सकेन ।
केही दिनअघि उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले वीरगन्जमा गाडी र साइकल र्याली गरेको थियो । साइकिल र्याली गरेकै कारण उनीलाई पनि आयोगले स्पष्टीकरण सोध्यो । तर धनुषामा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले रुख चिन्ह भएको गम्छा लगाएर सार्वजनिक स्थलमा भाषण ठोके । तर आयोगले स्पष्टीकरण सोध्ने आँट गरेको छैन ।
२ नम्वर प्रदेशको स्थानीय तह निर्वाचनमा प्रतिपक्षभन्दा सत्तापक्षका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा माओवादीबाट निर्वाचन आचारसंहित बढि उलंघन भएका छन् । सरकारका मन्त्रीहरु सरकारी सवारी साधन प्रयोग गरी भोट माग्न हिडेका छन् । आयोगले मन्त्रीहरुलाई रोक्ने आँट नगरेपनि जनताले केही मन्त्रीलाई नियन्त्रणमा लिएर प्रहरीलाई समेत बुझाएका छन् । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्