एनएमबि बैंकले “एक घर एक खाता” अभियानको दोस्रो चरणको सुरुवात गरेको छ । यस अभियानको मुख्य नारा सम्बृद्धिको पहिलो पाईला रहेको छ । अभियानको प्रर्वधकदुतका रुपमा नेपाली सिने क्षेत्रका अभिनेता राजेश हमाललाई लिएर देशव्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गर्नेे बैंकले जनाएको छ ।
अभियानको मुख्य उद्देश्य हरेक नेपालीको बैंकमा एक खाता तथा सरल वित्तीय पहुँच होस् भन्ने रहेको छ । साथै, यस अभियानले वित्तीय प्रणालीबाटै कारोवार गर्ने, वित्तिय साक्षरता बढाउने, बचत गर्ने बानी बसाउने तथा डिजिटल बैकिङ्गको अवधारणालाई समेत आत्मसाथ गराउने बिश्वास लिएको छ ।
“एनएमबि बैंक एक घर एक खाता” योजना बारे बैंकका कार्यकारी अधिकृत सुनिल केसीले भने – “नेपाली सिने क्षेत्रका महान् अभिनेता राजेश हमाललाई यस योजनाको प्रर्वधक दुतका रुपमा फेरी एक पटक “एक घर एक खाता” दोस्रो चरणको अभियानका साथ घरदैलोमा आउन पाउँदा हामी अत्यन्त हषिर्त भएका छौं र हमालको लोकप्रिय छविले यस अभियानको मुख्य उद्देश्य पुरा हुनेमा समेत हामी विश्वस्त छौं” ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्