
काठमाडौं – नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही हुने भएको छ । सोमबार आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले उनलाई कारबाहीका लागि मन्त्रिपरिषद् लैजाने निर्णय गरेपछि बाटो खुलेको छ ।
व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले जग्गा खरिद प्रकरणको अर्बौं रुपैयाँ अनियमितता गरेको ठहर गरेको थियो ।
निगमले झापा, सर्लाही, चितवन र रुपन्देहीमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गर्ने संरचना निर्माण गर्न बोलपत्रका माध्यमबाट जग्गा खरिद गरेको थियो ।
जग्गा खरिद गर्दा बिचौलियासँगको मिलेमतोमा घोटला गरेका खड्कालाई राखिरहँदा निगमलाई थप क्षति पुग्ने निष्कर्ष निकाल्दै कारबाहीको लागि आपूर्तिमन्त्री शिवकुमार मण्डललाई सिफारिस गर्ने सहमति गरेको हो ।
यता खड्कालाई कारबाही गर्न सिफारिस गरेर देवकोटा बुधबार एक कार्यक्रममा सहभागी हुन सोमबार नै चीन प्रस्थान गरिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्