काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल आइडलको मञ्चमा गाउने गीत भारतको दिल्लीमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले गायको कटाक्ष गरेका छन् । एपीवान टेलिभिजनसँगको अन्तर्वातामा अध्यक्ष ओलीले नेपालको आन्तरिक मामिलामा प्रधानमन्त्रीले दिल्लीको मञ्च प्रयोग गरेको आरोप लगाए । ‘देउवाले नेपाल आइडलको मञ्चमा गाउने गित भारतको दिल्लीमा गाउनु भयो’ ओलीले भने ‘दिल्ली आफ्नो पिडा पोखेर रुने ठाउँ होइन, नेपालको सार्वभौम संसदमाथी धावा बोल्ने अधिकार उहाँसँग छैन ।’
प्रधानमन्त्री देउवाले दिल्ली भ्रमणका बेला नेपालको संसदबाट फेरी संविधान संशोधनको आफुले प्रयास गर्ने बताएका थिए । प्रधानमन्त्रीको अभिब्यक्तिपछि एमाले लगायतका दलले चर्काे आलोचना गरेका थिए । एमालेले आलोचना गरिरहेका बेला दिल्लीबाट फर्किदै गर्दा प्रधानमन्त्री देउवाले ‘के बोल्ने र के नवोल्ने बिषयमा मैले कसैलाई सोध्नु पदैन, अबदेखि कोड अफ कन्डक्ट बनाऔं’ भन्ने कडा जवाफ दिएका थिए ।
प्रधानमन्त्रीले त्रिभूवन विमानस्थलमा दिएको अभिब्यक्ति प्रतिपनि एमाले अध्यक्ष ओलीले प्रतिवाद गरेका छन् । ‘बोल्नलाई सोध्नु पर्दैन, तर सोच्नु पर्दछ’ एमाले अध्यक्ष ओलीले भने ‘आचारसंहित बनाउनु पर्दैन पदीय जिम्मेवारीभित्रको कुरा हो ।’ – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्