
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ – नेपाल स्टक एक्सचेञ्जले ओम डेभलपमेन्ट बैंकको ३०% हकप्रदमा मूल्य समायोजन गरेको छ । मूल्य समायोजनपछि आइतबार ओमको सेयर कारोबार प्रतिकित्ता ३ सय १४ रुपैयाँमा खुल्नेछ । यसको औसत आधार मूल्य भने ३ सय ४७ रुपैयाँँ रहेको छ । बैंकले १०ः३ % हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ । अब छिट्टै बैंकले ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । ओमको प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
राष्ट्रियस्तरको विकास बैंकलाई राष्ट्र बैंकले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएपछि ओमले हकप्रदको बाटो रोजेको हो । पुँजी बृद्धिकै लागि ओम र मनास्लु विकास बैंक एक आपसमा गाभिएर असार २ गतेदेखि एकीकृत कारोबार पनि सुरु भइसकेको छ । मनास्लु गाभिएपछि ओमको चुक्ता पुँजी १ अर्ब ६४ करोड ३९ लाख ४४ हजार ७९५ रुपैयाँ पुगेको छ । बैंकले यँही चुक्ता पुँजीको ३०% कप्रद सेयर जारी गर्न अनुमति पाएको हो । गत आर्थिक वर्षको चौथो त्रैमासमा ओमले ४३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ३० पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्