
काठमाडौं – पहिलो र दोस्रो चरणको निर्वाचनमा तालमेल गरेका सत्तारूढ प्रमुख दुइ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले तेस्रो चरणको स्थानीय निर्वाचनमा पनि चुनावी तालमेललाई निरन्तरता दिने भएका छन् ।
उम्मेदवारी मनोनययनको अघिल्लो दिन मंगलबार साँझसम्म चार वटा नगरपालिकामा तालमेल करिब टुंगिएको बताईएकोे माओवादी केन्द्र स्रोतले जनाएको छ ।
धनुषाको मिथिला र बाराको निजगढ नगरपालिकामा कांग्रेसका प्रमुख, माओवादीका उप्रमुख तथा सर्लाहीको लालबन्दी र बाराको जितपुर सिमरा उपमहानगरमा माओवादीका प्रमुख, कांग्रेसका उपप्रमुख हुने गरी तालमेलको अन्तिम तयारी भएको स्रोतले बतायो । गोलबजार, हरिऔन, मिर्चैया, कर्जन्नाहलगायतका नगरपालिकामा पनि तालमेल गर्नेबारे पनि छलफल भइरहेको छ ।
कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने माओवादीसँगको तालमेलको विरोधमा छ । यसअघि भएको तालमेलले कांग्रेसलाई नभएर माओवादीलाई मात्रै फाइदा पुगेको भन्दै पौडेल पक्षले विरोध गरेको हो ।
पहिलो र दोस्रो चरणको चुनावमा माओवादी केन्द्रसँग चुनावी एकता गरेर एमालेसँग हार व्यहोर्नु परेको पौडेल समुहको बुझाई छ । ‘घरिघरि जिब्रो फेर्ने प्रचण्डसँग चुनावी तालमेल गरेर पार्टी घाटामा गयो, अझै पनि हाम्रा सभापतिको घैटोमा घाम लागेन ।’ पौडेलनिकट एक काँग्रेस नेताले इमान्दार मिडियासँग भने ।
‘आफ्नो नाम नगर्ने सर्तमा ती नेताले भने -‘मेरो नाम लिनुभयो भने चुनावको मुखैमा पार्टीभित्र भाडाभैलो हुन्छ । तर कुरा के हो भने नेपाली काँग्रेसले प्रचण्ड जीहरुसँगको चुनावी एकताको फल त चाखिसक्यो पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा अझै पनि उहाँहरुसँग एकता गर्नु भनेको हार्नका लागि चुनाव लड्नु हो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्