×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डले लगाएका आरोप खण्डन गर्न ओली मधेस झर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रचण्डले लगाएका आरोप खण्डन गर्न ओली मधेस झर्दै

Artha Sarokar

२१ भाद्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सराप्दै दुई साता प्रदेश नम्वर २ मा बसेर भर्खरै राजधानी फर्के । दाहाल फर्के लगतै एमाले अध्यक्ष ओली मधेस छिर्ने तयारी गरेका छन् ।

‘अध्यक्षदेखि सवै प्रभावशाली नेताहरु अब मधेस जाने कार्यक्रम तय भएको छ’ एमाले प्रचारविभागका प्रमुख योगेश भट्टराइले भने ‘एमालेप्रति माओवादी, कांग्रेस र मधेसी दलले लगाएका सवै आरोपको खण्डन र प्रतिवाद गर्छाै ।’
दुई साता मधेसका ८ जिल्लामा बिताएका माओवादी केन्द्रका अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीलाई हिटलर, नक्कली राष्ट्रबाद, नश्लवाद जस्ता आरोप लगाएका थिए । माओवादी मात्र मधेसीका पक्षमा भएको दावी गरेका प्रचण्डको आरोपलाई प्रतिवाद गर्न एमाले अध्यक्ष ओली वीरगन्ज पुग्ने भएका छन् ।
ओलीसहित नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोखरेल, सवै सचिवहरु मधेस झर्ने भएका छन् । ‘बुधबारदेखि नै हामी २ नम्वर प्रदेशको चुनावी अभियान थाल्छौ’ सचिव भट्टराईले भने ।
प्रदेश नम्वर २ मा एमालेबिरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले मोर्चा कसेका छन् । उनीहरुको मोर्चालाई असफल पार्न संघिय समाजबादी फोरम, राजपा र राप्रपासँग चुनावी तालमेल गर्ने नीति एमालेले लिएको छ । एमाले बलियो भएका स्थानमा कांग्रेस र माओवादी केन्द्रले चुनाव तालमेल गरेका छन् । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी