Skip to content
LAXMI SUNRISE BANK

एमाले र माओवादीका खाटी कार्यकार्तालाई कांग्रेस नेता प्रदीप गिरीले दिए माक्र्सबादको प्रशिक्षण

अर्थ सरोकार

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप गिरी गत मंगलबार कार्ल माक्र्सको जीवन पुस्तक बोकेर काभ्रेस्थित धुलिखेल रिसोटमा पुगे । कार्लमाक्र्सको जीवन पुस्तक पढन उनी त्यहाँ पुगेका होइनन । देशभरबाट सहभागि भएका खाटी कम्यूनिष्टलाई पढाउन उनी धुलिखेल रिसोट पुगेका थिए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित चार कम्यूनिष्ट पार्टीले सञ्चालन गरेको कार्ल माक्र्स राष्टिय स्कूल पुगेर कांग्रेसका नेता प्रदीप गिरीले खाटी कम्यूनिष्टहरुलाई कार्लमाक्र्सका बारेमा पढाए । एमाले, माओवादी केन्द्र, राष्टिय जनमोर्चा र नेकपा संयुक्तका ३५० कार्यकर्ता कार्लमाक्र्सका बिषयमा पढन धुलिखेल पुगेका थिए ।
कम्यूनिष्ट कार्यकर्तालाई कार्लमाक्र्सले प्रतिपादन गरेका सिद्धान्त पढाउन कम्यूनिष्ट पार्टीका गुरु मोहनबिक्रम सिंह, एमाले नेता बामदेव गौतम, घनश्याम भूसाल समाजसास्त्री चैतन्य मिश्र, माओवादी नेता बर्षमान पुन अनन्त, राम कार्की, एमाले नेताहरु बिजय पौडेल, बेदुराम भुसाल रिसोटमा थिए । त्यही बेला कांग्रेस नेता गिरी कार्लमाक्र्सको जीवन पुस्तक बोकेर हलभित्र छिरे ।
कार्लमाक्र्सको द्धीशत बार्षिकीमा एमाले उपमहासचिव घनश्याम भूसाल संयोजक र माओवादी केन्द्रका नेता राम कार्की सहसंयोजक भएर चार पार्टीका ३५० कार्यकर्तालाई माक्र्सबादी स्कूल चलाएका थिए । दर्जनबढि कम्यूनिष्ट प्रशिक्षककाबीच कांग्रेस नेता गिरी पुगेका थिए ।
‘प्रदीप सरले माक्र्स एवं उहाँको देन बिषयमा पढाउनु भयो’ माक्र्सबादी स्कूलमा सहभागि जीवन राईले भने । गिरीले माक्र्सलाई दुनियाँ बदल्ले दार्शनिककारुपमा ब्याख्या गरेपनि नेपाली कम्यूनिष्टहरु सत्तामै ढुबेको बताएका थिए । उनले माक्र्सको जीवन कथा, उनले प्रतिपादन गरेका सिद्धान्त र कम्युनिष्ट सत्ताका .बारेमा अध्यापन गराएका थिए ।
गिरीले आफु कार्ल माक्र्सबाट प्रभावित भएपनि जीवनभर कम्यूनिष्ट बन्न नसकेको बताएका थिए । ‘म लामो समय कम्युनिष्ट रहन सकिँन’, उनले प्रशिक्षणमा भनेका थिए ।
चार कम्यूनिष्ट पार्टीले कार्लमाक्र्सका बिषयमा १० हजार युवालाई प्रशिक्षण दिने उदेश्य राखेका छन् । १० हजार युवालाई कार्लमाक्सका बिषयमा प्रशिक्षण दिन उनीहरुले कार्ल माक्र्स राष्टिय स्कूल नेपाल सञ्चालन गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK