- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रति तोला ५७ हजार १ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ५६ हजार ८ सयमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४८ हजार ६ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ।