- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ५६ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ५६ हजार ३ सयमा कारोबार भइरहेको छ ।
यस्तै गरि चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४८ हजार २ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५१ रुपैयाँ ५ पैसा कायम गरेको छ।