
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रभावशाली मन्त्रीहरुले आफ्नो सम्पति विवरण गोप्य राखेका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेका ब्यक्तिले १५ दिनभित्र आफ्नो सम्पति विवरण सार्वजनिक र ६० दिनभित्र आफ्नो परिवारका नाममा भएको सम्पति विवरण तोकिएको निकायमा बुझाउनु पर्ने प्रावधान छ । तर देउवा मन्त्रीपरिषदका कुनैपनि मन्त्रीले आफ्नो सम्पति विवरण बुझाएका छैनन् । सरकार गठन भएको तीन महिना पुगिसक्दा पनि प्रधानमन्त्री र मन्त्रीले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छैनन् ।
प्रधानमन्त्री देउवादेखि अधिकाँस मन्त्रीहरुले आफ्नो सम्पति विवरण गोप्य राख्न खोजेका छन् । प्रधानमन्त्री देउवा, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, उपप्रधानमन्त्री तथा संघीय मामिला र स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री जनार्दन शर्मा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, श्रममन्त्री फरमुल्हा मन्सुर र सहरी विकासमन्त्री प्रभु शाहले सम्पति विवरण गोप्य राख्न खोजिरहेका छन् ।
प्रधानमन्त्री देउवासहितका मन्त्रीहरुले आफ्नो विवरण तोकिएको निकायमा पठाएका छन् । तर सार्वजनिक गर्न उनीहरुले चाहिरहेका छैनन् । देउवा मन्त्रीपरिषदले नैतिकता र सदाचारको पहिलो निर्णय गरेको थियो । तर प्रधानमन्त्री देउवाले आफ्नो पहिलो निर्णय नै कार्यान्वयन गरेनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्