धनुषा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बन्ने संघीय संसदमा पुन संबिधान शंसोधन प्रस्ताव ल्याईने दावी गरेका छन् । बिहीबार धनुषाको सहीदनगरपालिका यदुकुहामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले एमाले र राप्रपाका कारण मधेशी जनताका अधिकार स्थापित गर्न नसकिएकाले पुन संशोधन प्रस्ताव पुन ल्याइने बताए ।
‘मैले मधेशी जनताका जायज माग पुरा गर्न निकै प्रयास गरेँ । मतदानमा संशोधन प्रस्ताव लगियो तर पुराना राजा महाराजावादी र परिवर्तन नचाहने पार्टीहरूका कारण पारित गर्न सकिएन ।’ प्रचण्डले भने ‘अब प्रदेश र केन्द्रमा परिवर्तनकारी शक्तिहरूको बहुमत भएका बेला फेरी प्रस्ताव ल्याएर मधेशी जनताको अधिकारको ग्यारेंटी गरिनेछ ।’
संबिधान संशोधन प्रस्ताव पारित नभएपनि सबै दललाई निर्वाचनमा ल्याउन सफल भएको भन्दै प्रचण्डले सामाजिक न्याय, समावेशिता, गणतन्त्र, धर्म निरपेक्षताजस्ता कुरालाई संस्थागत गरेको बताए । प्रचण्डले भने ‘प्राप्त उपलब्धिको रक्षा गरेर बाँकी मुद्दालाई संशोधनमार्फत हल गरेर सर्वस्वीकार्यता बनाऊन हाम्रो कोशिस हुने छ ।’
अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन चानचुने उपलब्धि नभएको पनि बताए । पंचायती चुनाव या गाविस अध्यक्ष चुनेजस्तो नभइ स्थानीय सरकारको चुनाव भएकोले यसको महत्व बिशिष्ट रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘तपाईहरूले गाउँको, आफ्नो क्षेत्रको प्रधानमन्त्री चुन्ने अवसर पाउनु भएको छ ।
२० वर्षपछि पहिलोपटक हुन गईरहेकाले पनि गुणात्मक रूपले फरकफरक ऐतिहासिक चुनाव हो,’प्रचण्डले भने ‘हिजो हामीले जनसत्ता र जनसरकार संचालन गरेका थियौ तर त्यसले वैधानिकता पाएको थिएन । स्थानीय तहको निर्वाचनबाट बन्ने अहिलेको सरकार पनि त्याहि जनसरकार हो, बैधानिक र सबैले मान्यता दिएको स्थानीय सरकार ।’ आम जनताले यो स्थानीय तहको महत्व बुझन नसके गÞलत तत्वहरूको हातमा स्थानीय सत्ता पुग्ने खÞतरातर्फ इंगित गर्दै प्रचण्डले परिवर्तनकारी पार्टीलाई मत दिन अपिल पनि गरे । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्