
काठमाडौं । सोमबार साँझसम्म वीरगन्ज महानगरपालिकाको मेयरको प्रत्याशीमा राजपाले विमल श्रीवास्तवलाई अघि सार्ने आकलन गरिएको थियो । तर, मंगलबार राजेशमान सिंहका समर्थकले उनलाई सम्भावित उम्मेदवार भनेर प्रचार गर्न थालेपछि चर्चाले नयाँ मोड लियो ।
चर्चामा सबैभन्दा माथि श्रीवास्तव थिए तर राजपाको अध्यक्ष मण्डलले मंगलबार दिउँसो उम्मेदवार सूची सार्वजनिक गर्दा उनको नाम परेन, सिंह मेयरका उम्मेदवार तोकिए ।
काठमाडौंमा मंगलबार दिउँसो उम्मेदवारको अन्तिम नामावली घोषणा गरेपछि मधेसका कार्यकर्ताबीच व्यापक असन्तुष्टि देखिएको छ । श्रीवास्तवले त पार्टी परित्याग घोषणा गर्दै विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
राजपा अध्यक्ष मण्डलको बैठकमा शरतसिंह भण्डारीले सिंहको पक्षमा उभिँदै अडान नछाडेपछि श्रीवास्तवको नाम काटिएको थियो । श्रीवास्तवले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई उद्धृत गर्दै भने, ‘शरतजीले अन्यत्र कतै दाबी नगर्ने तर वीरगन्जमा आफूले भनेको मान्छेलाई उम्मेदवार बनाउन अडान राखेपछि तपाईंलाई गर्न सकिनँ भन्नुभयो ।’
वीरगन्जमा सल्किएको असन्तुष्टिले दुई नम्बर प्रदेशलाई नै गाँज्ने संकेत देखिएको छ । उसै पनि विवादमा फसेको राजपामा चुनावको मुखैमा भाँडभैलो मच्चिएको छ । सर्लाहीमा उम्मेदवारको नामावली सार्वजनिक भएलगत्तै पार्टीका महासचिव जंगीलाल राय यादवले महासचिव पदबाट राजीनामा दिएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्