×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल रेडक्रस सोसाईटीको भूकम्प प्रतिकार्य कार्यक्रमको यस्तो निरन्तरता, पीडीतहरु लाभान्वित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल रेडक्रस सोसाईटीको भूकम्प प्रतिकार्य कार्यक्रमको यस्तो निरन्तरता, पीडीतहरु लाभान्वित !

१९ भाद्र २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल रेडक्रस सोसाइटीले संचालन गर्दै आ्इरहेको भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रहरुमा गरेका कार्यहरुममा  जुलाई २०१७ सम्ममा निम्न प्रगतिहरु भएका छन ।
भूकम्प पिडित ६५३५ परिवारहरुले आफ्नो आवस  पूननिर्माण को लागी पहिलो किस्ता वापत रु. ५०,००० प्राप्त गरेका  छन् । १७०० घर परिवारले रु १,५०,००० को दरले दोस्रो किस्ता प्राप्त  गरेका छन् । त्यसैगरि ३२८ घर परिवारले रु ७५,००० को दरले तेस्रो किस्ता प्राप्त गरेका छन् भने ४ घर परिवारले रु २५,,००० को दरले चौथो किस्ता प्राप्त गरिसकेका छन् ।
भूकम्प प्रतिरोधात्मक निर्माण तगा भवन सहिंतालाई आधार मानेर घर—भवन निर्माण गर्ने सम्बन्धमा ४,२११ डकर्मीहरुलाई तालीम दिईएको छ । सरकारी निकायका ६८ प्रविधिक कर्मचारीहरुलाई सुरक्षित निर्माण तथा भवन निर्माण सहिंता सम्बन्धि तालीम दिईएको छ भने १,१८४ घरहरुको निर्माण कार्य सम्पन्न गरिएको छ । त्यसैगरि ७ वटा सरकारी विद्यालय भवनहरु निर्माण भइरहेको अवस्था छ ।करिव ५८,६९७ जना मानिसहरुलाई  सुरक्षित पूनः निर्माण ९द्यगष्मि द्यबअप क्बाभच० सम्बन्धि जानकारी दिईएको छ । १,३७,७०८ घर परिवारमा सौर्यवत्ति जडान गर्ने कार्य सम्पन्न गरिएको छ ।
करिव ९३,५२२ व्यक्तिहरुलाई स्वच्छता सम्बन्धि  सामाग्रीहरु सहित जनचेतना जगाउने प्रचारप्रसार कार्य सम्पन्न गरिएको छ । प्रभावित क्षेत्रमा ४७ वटा नयाँ खानेपानी आपुर्ती व्यवस्थाको लागी निर्माण कार्य सम्पन्न भएको छ भने २० वटा पूरानो खानेपानी आपुर्ती व्यवस्थाको सुदृढीकरण गरिएको छ । अपुग खानेपानीको व्यवस्था गर्न ५३ वटा नयाँ खानेपानी आयोजनाको निर्माण कार्य भईरहेका छन् । सरसफाई क्षेत्र तर्फ सरसरती हेर्दा १,१७० वटा नयाँँ चर्पीहरु निर्माण भइसकेको छ भने थप १,९१५ वटा चर्पीहरुको निर्माण कार्य भइरहेकाछन् । त्यसैगरि १५,,८४२ व्यक्तिहरको लागी सफा पानीमा पहुँच होस भन्ने उदेश्य अनुरुप कार्य अगाडी बनाइ्रएको छ । यसरी नेपाल रेडक्रस सोसाइटीले जनस्तर सम्म पुगेर भूकम्प प्रतिकार्य कार्यक्रमलाई अगाडि वढाइरहेको छ भने त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष दुबै रुपमा स्थानीय प्रभावित तथा गरिवहरुले सेवा पाइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी