
काठमाडौँ – स्थानीय तहको निर्वाचन तेश्रो चरणअन्तर्गत असोज २ का लागि तोकिएको प्रदेश नं २ को निर्वाचनको लागि चुनावी प्रचारप्रसारको लागि शुक्रबार अन्तिम दिन हो। शुक्रबार राति १२ बजेबाट सबै दलहरुका लागि मौन अवधि सुरु हुँदैछ ।
निर्वाचन कानून अनुसार मतदानको ४८ घण्टाअघिदेखि मौन अवधि सुरु हुने नियमबमोजिम यही रातिबाट मौन अवधि सुरु हुन लागेको हो । यसका लागि निर्वाचन आयोगले एक सूचना जारी गर्दै मौन अवधिभर निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन सबै दलहरुलाई आग्रह गरेको छ।मौन अवधिका लागि तोकिएको निर्वाचन आचारसंहिताअनुसार राजनीतिक दल तथा उम्मेदवारहरुले कुनै पनि माध्यमबाट आफ्नो चुनावी प्रचारप्रसार गर्न पाउने छैनन् ।
आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ-आफ्ना निर्वाचन चिहृन तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ । आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिहृन अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ ।निर्वाचन आयोगले एस.एम.एस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मतमाग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ ।
त्यसैगरी मौन अवधिभर सञ्चारमाध्यमहरुलाइ समेत सचेत रहन आयोगले सुझाएको छ । यो अवधिमा सञ्चारमाध्यमहरुले उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशत प्रसारण गर्न नपाउने आयोगको सूचनामा उल्लेख छ । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्