नेपाल कम्युनिष्ट पार्टीले सप्तकोशी नदिमा उच्च बाध बाध्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो भारत भ्रमणका बेला गरेको सम्झौता खोरेज गर्न माग गरेको छ ।
सुनसरीको ईटहरीमा आज पत्रकार सम्मेलन गरी नेकपा कोशी व्युरोले नेपाली भुभाग डुबाएर पानी र बिजुली लैजाने भारतीय योजनाका साथ भएको उक्त राष्ट्रघाती सम्झौता भएके भन्दै तत्काल खारेज गर्न माग गरेको हो ।
नेकपाले उक्त सम्झौताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै त्यसाको बिरोध र खारेजको माग गर्दै आगामि भदौ २२ गते धरानमा बृहत जनप्रदर्शनको आयोजना पनि गरेको छ ।
पत्रकार सम्मेलनपछि बिज्ञप्ती जारी गर्दै कोशी ब्युरो ईन्चार्ज नविन कार्कीले राष्ट्रघाति सम्झौता खारेज गर्न जनस्तरबाट बिरोध र प्रतिरोध गर्नपर्ने भन्दै नेपाली जनताको साथ मागेका छन् ।
प्रचण्ड गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग गरेको ४८ बुदे सहमतीको २८ नम्बर बुदामा रहेको कोशी नदीमा उच्च ड्याम बनाउने सम्झौता कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने भन्दै त्यसलाई खारेजगर्नुपर्ने बिज्ञप्तीमा उल्लेख छ ।
‘सम्झौता अनुसार कोशीमा बाध बाधिए नेपालका पूर्वी पहाडि जिल्लाहरु डुवानमा पर्नुका साथै लाखौ मानिस बिस्तापित हुने र बाधको तल्लो क्षेत्रमा रहेका पूवी मधेशका सम्पूर्ण भूभाग उच्च जोखिम रहेर क्षती हुने सम्भावना रहन्छ । साथै चूरे पहाडको भूवनोट कमजोर। भएकाले भौगर्भिक तथा बैज्ञानिक दृश्टिले समेत उचित छैन । त्यसैले यो खारेज हुनुपर्छ’ विज्ञप्तीमा भनिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै व्युरो ईन्चार्ज नविनले नेपालको पानी र बिद्युत कब्जा गर्ने उदेश्यले भारतले कोशीमा बाध बाध्ने षड्यन्त्रस्वरुप उक्त सम्झौता गरेको भन्दै कुनै हालतमा बाध बाध्न नदिने बताए ।
नेपाली शासक वर्गले सत्ता र कुर्सिको स्वार्थका लागि भारतसँग राष्ट्रघाती सम्झौता गरेर बर्षेनी डुवान तथा बाढीको जोखिम मोलिरहेका नेपालीलाई झन दुख दिन खोजेको भन्दै सम्झौता कार्यान्वयन गर्न खोजीए भारत सँग नै भिड्न तयार रहेको चेतावनी दिए ।
यस्तै नेकपा अन्तरगत केन्द्रिय जलश्रोत विभागका सदस्य रामप्रसाद किरातीले कोशीमा बाध बनाए विपत निम्त्याउने भएकाले कुनै हालतमा ड्याम बनाउन नहुने भन्दै बरु जबरजस्ती गर्न खोजे भारतसँग जस्तोसुकै युद्ध लड्न तयार रहनुपर्ने बताए।
हेर्नुहोस् बिज्ञप्ती

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्