रौतहट – रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका छन् । चौधरीले ९७८० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका उद्धव रेग्मीले ८८३१ मत ल्याएका छन् । चन्द्रपुर नगरपालिकामा उप-मेयरमा भने एमालेकी रामरती चौधरी विजयी भएकी छिन् । उनले ९९१६ मत ल्याएकी छिन् ।
फरकफरक पार्टीबाट विजयी भएका उप-मेयर रामरती चौधरी र मेयर राचन्द्र चौधरीकी नाताले ससुराबुहारी हुन् ।चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसले ५ वटा वडा अध्यक्ष जितेको छ भने नेकपा एमालेले ३ वटा वडा जितेको छ । त्यस्तै माओवादी केन्द्रले २ वटा वडामा जितेको छ ।
चन्द्रपुर नगरमा माओवादी केन्द्रका युवराज भट्टराईले ७८९४ मत ल्याएर तेस्रो भएका थिए ।नेपाली कांग्रेसबाट चन्द्रपुर नगरको मेयर बनेका रामचन्द्र चौधरी तत्कालीन सन्तपुर गाविसको अध्यक्ष समेत भइसकेका छन् । सुबलाल भागवत बहुमखी क्याम्पस सन्चालक समितिको अध्यक्ष समेत रहेका चौधरी सामजिक छविका छन् । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्