कञ्चनपुर – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन बारे सबै राजनीतिक दलसँग सल्लाह भइरहेको बताए ।
“सबै पार्टीहरुसँग सल्लाह भएको छ”, प्रधानमन्त्री देउवाले भने, “प्रदेश नं २ मा पनि स्थानीय तहको निर्वाचन हुन गइरहेको छ।” निर्वाचन सम्पन्न भई मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेसँगै संघीय गणतन्त्र संस्थागत हुने उनको भनाइ थियो।
आफ्नो भारत भ्रमण सफल रहेको बताउँदै उहाँले पञ्चेश्वर परियोजना अगाडि बढाउनाका साथै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, प्रदेश नं ७ मा प्राविधिक शिक्षालय स्थापना र महाकाली नदीमा दार्चुलाको जोलजिवी र डडेल्धुराको परशुराममा पक्की पुल र तटबन्ध निर्माण हुने बताए।“भारत भ्रमण सफल रह्यो”, देउवाले भने, “सुदूरपश्चिमको विकासका लागि पनि भारतीय पक्षसँग सहमति भएकाे छ।”
महाकाली नदीको चार लेनको पक्की पुल शिलान्यास गर्नको लागि प्रधानमन्त्री बिहीबार कञ्चनपुर पुगेका थिए । -एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्