काठमाडौं – आपुर्तिमन्त्री शिवकुमार मण्डलले २७ भदौ दिउँसो बिजुलीबजारस्थित तराई सञ्चार केन्द्रबाट भने ‘आयल निगमका कार्यकारी निर्देशकले जग्गा खरिद प्रकरणमा अनिमितता गरेको भेटियो, मैले कारवाहीका लागि मन्त्रिपरिषदमा सिफारिस पठाइ सकेको छु ।’
मन्त्री मण्डलले कार्यकारी निर्देशक गोपाल खड्कालाई कारवाही गरी आपुर्ति मन्त्रालयमा पठाएको सिफारिस तीन दिन वितिसक्दा पनि मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीको टेबलुमा पुग्न सकेको छैन । सिंहदरवारबाट सिंहदरवारमै पठाएको फाइल बीच बाटोमै गायव भएको छ ।
आपुर्तिमन्त्रालयबाट पठाएको फाइल तीन दिनसम्म प्रधानमन्त्री कार्यालय पुग्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकारी निर्देशक खड्कालाई कारवाहीको प्रस्ताव ल्याउन मुख्यसचिव क्षेत्रिलाई निर्देशन समेत दिइसकेका छन् । तर कारवाही सिफारिस फाइल भने सिंहदरवारमै हराएको छ ।
आपुर्ति मन्त्रलायले तीन दिनअघि नै फाइल प्रधानमन्त्री पठाइसकेको जानकारी दिने गरेको छ भने प्रधानमन्त्री कार्यालयले फाइल आइनपुगेको बताउन थालेको छ । आपुर्ति मन्त्रालयका कर्मचारीले आफै पुगेर मुख्य सचिवको सचिवालयमा दिएको दावी गर्न थालेका छन् भने मुख्य सचिवको सचिवालयले फाइल आइनपुगेको बताउन थालेका छन् ।
फाइल हराएपछि आपुर्ति सचिव तनावमा परेका छन् । फाइल बुझाउन पुगेका शाखा अधिकृतलाई बोलाएर समेत उनले जानकारी लिइसकेका छन् । तर फाइल मुख्य सचिवको सचिवालयबाटै गायव भएको अनुमान सिंहदरवारभित्र चल्न थालेको छ । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्