
काठमाण्डौ – दशैंको अवसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपमा सुरु हुने स्टक क्लियरेन्स मेलाको तयारी पूरा भएको छ । ‘दशैंको बेला सस्तो मेला’ स्लोगन दिइएको यस मेलालाई इभेन्ट सोलुसनले गर्न लागेको हो । भाद्र २१ गतेदेखि २६ गतेसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबश्यक सामाग्रीहरुको कारोबार गरिनेछ । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम एफिलियन्सका स्टलहरु रहने छन् ।
६ दिन सम्म चल्ने यो मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने अनुमान गरिएको बताइएको छ । मेला अवधिभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ ।
यद्यपी क्लियरेन्सका नाममा कमसल र गुणस्तरहीन समानसमेत बेच्ने प्रपन्च भएको बुझिएको छ । ‘दशैं भनेको स्टकमा रहेका कमसल समानहरु सिध्याउने बेला पनि हो । यहि बेला मेला नै आयोजना गरिएको छ । सबै समान त्यस्ता हुन्छन् भन्ने होइन । राम्रा समान पनि मेलामा पक्कै हुनेछन् । तर क्लियरेन्सका नाममा कमसल सामान पनि बेचिने हुनाले ख्याल गर्नुपर्छ ।’ एक व्यापारीले अर्थ सरोकार डटकमसँग भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्