
काठमाडौं- सिप्रदी ट्रेडिङले टाटा योद्धा नेपाली बजारमा ल्याएको छ । यो गाडी तरकारी तथा फलफूल,पोल्ट्री,दूध,ग्यास लगायतका सामान ढुवानीका लागि उपयोगी गाडीको विहिबार कम्पनीका अध्यक्ष सिद्धार्थ शम्शेर राणा र टाटा मोर्टसका कमर्सियल भेहिकल इन्टरनेशनलका विजनेश युनिटका भाइस प्रेसिडेन्ट रुद्ररुप मैत्रले टाटा योद्धा किन्ने ग्राहकलार्इ संयुक्त रुपमा साँचो हस्तान्तरण गरे । यो गाडीको ग्राउन्ड क्लियरेन्स उत्कृष्ट भएको कम्पनीको दावी छ ।
विभिन्न भेरियन्टहरुमा उपलब्ध यो गाडीमा ८५ एच.पि. को शक्तिशाली ३.० लि इन्जिन, २५० एन.एम. टर्क रहेको कम्पनीले जनायो । टाटाको योद्धा सार्वजनिकरण कार्यक्रममा कम्पनीले गाडीको ननस्टप पर्फमेन्स, अत्याधुनिक, सुरक्षित, स्टाइलिस लुक र एस्योर्ड सर्भिस ग्यारेण्टी प्रदान गर्ने बताएको छ । कम्पनेका अनुसार अबको ६ महिनामा योद्धा प्ल्याटफर्म अन्तर्गत नयाँ भेरियन्ट थपिनेछ ।
पत्रकार तथा उपस्थितहरुलाई सम्बोधन गर्दै उक्त कार्यक्रममा सिप्रदीका अध्यक्ष राणाले टाटा मोटर्ससँग सिप्रदीको सहकार्य सन् १९८२देखि भएको बताएका छन् भने उत्पादनहरुको विक्री वितरण तथा विक्री पश्चात्का सेवाहरुमा सधैं उत्कृष्ट साथ दिइरहेको कुरामा जोड दिएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा योद्धा सबै व्यवसायका लागि उपयुक्त हुने बताउँदै गाडी बिक्रीपछिको सेवालार्इ समेत ध्यानमा राखेको बताए । कम्पनीका सिओओ राजेश गिरीले कर्पोरेट कल्चर राम्रो भएकोले सिप्रदीले व्यवसायिक सफलता पाएको बताए ।













Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्