×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कर सम्बन्धि समस्या छ ? पूर्वमा पहिलो पटक आयोजना हुँदैछ कर सम्बन्धि व्यावहारिक तालिम !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – पूर्वान्चलमा पहिलो पटक कर सम्बन्धि व्यावहारिक तालिम आयोजना हुने भएको छ । सिए शेषमणि दाहालले दिने उक्त तालिम असोज ५ गते विहान १०:३० बजेदेखि ४ बजेसम्म आयोजना हुने आयोजकले बताएको छ । व्यवसायलाई करको जोखिमबाट बचाउने र कानुनअनुसार करको दायित्व कम गर्ने महत्वपूर्ण जानकारीसमेत उक्त कार्यक्रममा प्रस्तुत हुने बताइएको छ ।
उक्त कार्यक्रम व्यापारी, एकाउन्टेन्ट तथा व्यवस्थापन विषयका विद्यार्थीहरुलाई निकै नै उपयोगी हुने बताइएको छ । उक्त कार्यक्रममा व्यावहारिक समस्या र समाधानका टिप्सहरु र व्यवसायीका समस्याको प्रत्यक्ष समाधानसमेत प्रस्तुत हुने बताइएको छ । कार्यक्रममा सहभागी हुन ९८६२३२८००५ वा ९८४२५०३७०० मा सम्पर्क गर्न सकिने समेत बताइएको छ । उक्त कार्यक्रम नेप्ली मिडिया प्रालिको आयोजनामा आयोजना हुन लागेको हो भने कार्यक्रमलाई त्याक्स्पर्टले समेत प्राविधिक सहयोग गरेको छ ।

को हुन् शेषमाणि दाहाल ?
उक्त कार्यक्रममा तालिमकर्ताको रुपमा रहेका दाहाल नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट सिए उतीर्ण गरेका करविज्ञ हुन् । पछिल्लो समय कर सम्बन्धि समस्याको समाधान दिने मोबाइल एप्लीकेसन ‘ट्याक्सपर्ट’ का निर्माता समेत रहेका दाहालले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र एलएलबी समेत उतीर्ण गरेका छन् । उनी पछिल्लो समयमा कर विज्ञको रुपमा विभिन्न क्षेत्रमा समेत कार्यरत छन् ।           
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: