
काठमाडौं – स्नातकोत्तर तह (मास्टर्स) मा पढ्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । स्नातकोत्तर तहमा अनिवार्य रहेको थेसिस लेख्नका लागि अव सरकारले नै पैसा दिने भएको छ ।
विद्यार्थीलाई यस्तो खर्च छात्रव्रितिका रुपमा दिन महालेखा नियन्त्रकको कार्यालय र त्रिभुवन विश्वविद्यालय (त्रिविवि) बीच सम्झौता भएको छ । आगामी आर्थिक बर्षदेखि यस्तो कार्यक्रमलाई थप विस्तार गर्ने समेत बताइएको छ ।
पहिलो चरणमा ४ जना विद्यार्थीलाई थेसिस लेख्न छात्राबृत्ति दिने सम्झौता भएको हो । सो सम्झौता अनुसार प्रत्येक विद्यार्थीले जनही ३५ हजार रुपैयाँ पाउने छन् । विद्यार्थीले सरकारी लगानी रहेको संस्थान, सार्बजनिक निकाय वा अन्य क्षेत्रमा सरकारी लगानीको सम्बन्धमा थेसिस लेख्नुपर्ने शर्त राखिएको छ । पहिलो चरणमा केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले मात्रै यस्तो छात्राबृत्ति पाउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्