
महेन्द्रनगर – धनुषा जिल्लाका विभिन्न १० स्थानीय तहमा मतगणना गए रातिदेखि नै जारी छ ।
निर्वाचन कार्यालय धनुषाका अनुसार मिथिला विहारी, गणेशमान चारनाथ, हंसपुर, औरही, धनुषाधाम, विदेह र क्षीरेश्वरनाथ नगरपालिका तथा बटेश्वर, मुखियापट्टी मुसहरनिया र जनकनन्दनी गाउँपालिकामा रातिदेखि नै मतगणना जारी छ ।
पछिल्लो मतगणनाको मत परिणामानुसार मिथिला विहारी प्रमुखमा नेकपा एमाले) ३१४, नेपाली काँग्रेस २४३ र संघीय समाजवादी फोरम नेपाल १६३, क्षीरेश्वरनाथ प्रमुखमा समाजवादी फोरम २१०, काँग्रेस १८१ र एमाले ८१, गणेशमान चारनाथमा नेकपा(माओवादी केन्द्र) १९४, समाजवादी फोरम १५८ र काँग्रेस १२० तथा हंसपुरमा समाजवादी फोरम २१७, एमाले १५१ र काँग्रेसको १३१ मत छ ।
यसैबीच गणेशमान चारनाथ– ११ मा माओवादी केन्द्रले खाता खोलेको छ । माओवादी केन्द्रका सत्यनारायण कुँवर २०८ मत ल्याई समूहसहित विजयी हुनुभएको छ ।
यता जनकपुर उपमहानगरपालिकामा पनि केही बेरमै मतगणना शुरु गरिने प्रमुख निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले दिनुभयो । जनकपुरमा मतगणना शुरु गर्ने सम्बन्धमा आज बिहान प्रमुख दलका जिल्ला अध्यक्ष र प्रमुखका उम्मेदवारसँग सर्वदलीय बैठक बसेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्