×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश नं. २ मा मिश्रित परिणाम, अग्रस्थानमा कांग्रेस नै

LAXMI SUNRISE BANK

प्रदेश नं. २ मा मिश्रित परिणाम, अग्रस्थानमा कांग्रेस नै

६ आश्विन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – यही असोज २ मा सम्पन्न प्रदेश नं २ को स्थानीय निर्वाचनको मतगणना जारी भइरहदा नेपाली कांग्रेसले आफ्नो अग्रतालाई जारी राखिरहेकै छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस ११ स्थानीय तहमा विजय हासिल गर्दै पहिलो स्थानमा रहेको छ र उसले २९ स्थानमा अग्रता लिइरहेको छ ।
तराइ मधेशबाट निर्वाचनमा भाग लिएका अधिकांश पार्टीले विभिन्न स्थानबाट जीत हासिल गरिरहेका छन् ।पहिलो र दोश्रो चरणमा पहिलो नेकपा एमालेले अहिलेसम्म ५ स्थानमा जीत हासिल गरेर १३ स्थानमा अग्रता लिइरहेको छ । त्यसैगरी पहिलो र दोश्रो चरणमा संविधान संशोधनको माग उठाउदै चुनाव बहिष्कार गर्दै आएको राष्ट्रिय जनता पार्टीले सात स्थानमा विजय हासिल गर्दै प्रदेश २ मा दोश्रो स्थानमा रहेको छ । त्यस्तै १५ स्थानमा राजपाले अग्रता लिइरहेको छ ।
त्यस्तै माओवादी केन्द्रले ५,संघीय समाजवादी फोरमले ४ र फोरम लोकतान्त्रिकले २ स्थानमा विजय हासिल गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी