
काठमाडौं । प्रदेश नम्वर २ को स्थानीय तहमा १२ स्थानको परिणाम सार्वजनिक भएको छ । विहीबार विहानसम्म एमालेले ४ स्थानमा बिजयी हाँसिल गरी पहिलो बनेको छ भने नेपाली कांग्रेस, माओवादी केन्द्र र फोरम लोकतान्त्रिक २, २ स्थानमा बिजय भएका छन् । राजपा र संघिय समाजबादी फोरम एक, स्थानमा बिजयी भएका छन् ।
एमाले, सप्तकोशी नगरपालिकामा बिजयी भएको छ । एमाले उम्मेद्धार उतम कुमार शर्माले माओवादी केन्द्रका ध्रुव कार्कीलाई हराएका छन् । शर्माको ४३ सय ६१ मत ल्याएका छन् भने कार्कीको ३६ सय ९० मत रहेको छ । पटेर्वा सुगौली गाउँपालिका, पर्सामा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षका उम्मेदवार हरिनारायण चौधरीले २ हजार ९ सय ५७ मत ल्याएर बिजयी भएका छन् । उनले नेपाली कांग्रेका उम्मेद्धार दिनेश चौधरीलाई ९० मतले पराजित गरेका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी सञ्जु चौधरीलाई हराउँदै नेपाली कांग्रेसकी ममता चौधरी विजयी भएकी छन्। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा एमाले उम्मेद्वार मनोज यादव विजयी भएका छन्। बटेश्वर गाउँपालिकामा एमालेका डम्बर बहादुर राउत २ हजार ३ सय ७७ मत ल्याई विजयी भएका हुन्। उनले पनि कांग्रेस उम्मेद्धार रामअशिष महतोलाई पराजित गरेका छन् ।
त्यसैगरी कांग्रेस २ स्थानमा बिजयी भएको छ । धनुषाको औरही गाउँपालिका अध्यक्षमा कांग्रेसका ब्रह्मदेव यादव २५६९ सहित विजयी भएका छन् । सिराहको नवराजपुर गाउँपालिकामा विश्वमोहन प्रसाद यादव २ हजार ३०३ ल्याएर विजयी भएका छन् ।
माओवादी केन्द्र पनि २ स्थानमा बिजयी भएको छ । सिराहको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्रका गंगा पासवान मेयरमा बिजयी भएका छन् । उनले एमाले उम्मेद्धार रामदियाल महतोलाई हराएका छन् । सिराहकै अर्नमा गाउँपालिकामा पनि माओवादी केन्द्र बिजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका ठकु महतो कोइरी विजयी भएका छन् । उनले एमालेका चन्द्रेश्वर मण्डललाई पराजित गरे।
लोकतान्त्रिक फोरम पनि २ पनि दुई स्थानमा बिजयी भएको छ । रौतहटको ईशानाथ नगरपालिकाको मेयरमा नेपाल फोरम लोकतान्त्रिकका सन्तोष मेहताले ५ हजार ७ सय ८५ मत ल्याएर बिजयी भएका छन् । सर्लाहीको विष्णु गाउँपालिकामा जवाहरलाल यादव बिजयी भएका छन् ।
संघीय समाजवादी फोरम एक स्थानमा बिजयी भएको छ । सिरहाको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा समाजवादी फोरमका जागेश्वर यादव विजयी भएका छन् । उलने एमालेका सत्यनारायण यादवलाई पराजित गरेका छन् । राजपाले धनुषाको हंसपुर नगरपालिकामा जितेको मछ । राजपाका रामज्ञान मण्डल विजयी भएका छन् । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्