×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगन्ज महानगरको मतगणना भद्रगोल : सूचना अधिकारी गायब, मिडियाकर्मीमाथि प्रतिबन्ध !

LAXMI SUNRISE BANK

वीरगन्ज महानगरको मतगणना भद्रगोल : सूचना अधिकारी गायब, मिडियाकर्मीमाथि प्रतिबन्ध !

४ आश्विन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको मतगणना कार्यभित्र भद्रगोल भएको छ । तारबार गरेर मतगणना सुरु भएको यो महानगरको मतगणना कार्य सुस्तमात्रै छैन, उतिकै भद्रगोल पनि छ ।
मतगणनास्थलको तस्वीर लिन सञ्चारकर्मीलाई प्रतिवन्ध लगाइएको छ भने आयोगले तोकेका सुचना अधिकारी केशव कौशिक सम्पर्कविहिन बन्ने गरेका छन् । उता, मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदी सुचना दिन नै मानिरहेका छैनन् । 
वीरगञ्जस्थित ठाकुरराम बहुमुखि क्याम्पसमा भवनमा जारी मतगणना दुई दुई घण्टामा मत परिणाम सार्वजनिक गरिने भनिएपनि परिणाम थाहा पाउँन घण्टौ कुर्नुपर्ने बाध्यता छ । मतगणना र सुचना प्रवाह प्रभावकारी नहुँदा सवैको चासो बनेको महानगरपालिकाको मतपरिणाम थाहा पाउन निकै कष्ट बेहोर्नुपरेको गुनासो सर्वसाधारण र सञ्चारकर्मीहरुले गरेका छन् ।
सुचना प्रवाह गर्न मतगणनास्थलमा इन्टरनेटको व्यवस्था गरिने प्रचार गरेपनि गणना सुरु भएको दोस्रो दिनसम्म त्यसको प्रवन्ध मिलाइएको छैन । सञ्चारकर्मीलाई सुचना दिन भनेर छुट्याइएको मिडिया सेन्टर कक्ष नै विभिन्न राजनीतिक दलका कार्यकर्ताले कव्जा गर्दा पत्रकारहरु बाहिरै भौतारिन बाध्य भएका छन् । 
३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकामा एक लाख आठ हजार पाँच सय १ मतदातामध्ये झण्डै ७६ प्रतिशत मत खसेको थियो । जसमध्ये दोस्रो दिनको ११ बजेसम्म झण्डै चारहजार मत मात्र गनिएको छ । 
बीरगञ्ज महानगरपालिकाको मात्र हैन, समग्र पर्सा जिल्लाकै मतपरिणामसम्बन्धी जानकारी लिन समस्या भएको धेरै स्थानीय पत्रकारको गुनासो छ । एक महानगरसहित तीन उपमहानगरपालिका र १० गाउँपालिका रहेको पर्सा जिल्लाका सवै स्थानीय तहको मतगणना सुरु भएपनि व्यवस्थापकीय कमजोरीका कारण समयमै सुचना पाउने अधिकारबाट जनता बन्चित भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी