काठमाडौँ – मतदान प्रदेश नं २ मा सोमबार हुने निर्वाचनको लागी कसैको परिचयपत्र छैन वा हराएको छ ? यदि त्यस्तो हो भने पनि मतदान गर्नबाट अब वन्चित हुनु नपर्ने भएको छ। निर्वाचन आयोगले फोटो सहितको मतदाता परिचयपत्र नहुनेको लागि पनि मतदान गर्नका लागि बैकल्पिक व्यवस्थाबाट पनि मतदान गर्न मिल्ने जनाएको छ।
मतदाता परिचयपत्र बनाइसकेका र हराएको वा कुनै कारणबाट नष्ट भएका व्यक्तिले पनि आफ्नो मताधिकार सुनिश्चित गर्नका लागि आयोगले वैकल्पिक व्यवस्था लागु गर्न लागेको हो।
आयोगले मतदता परिचयपत्रको बिकल्पमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय गरेको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
त्यस्तै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई जानकारी गराएको आयोगले जनाएको छ । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्