
सप्तरी – नेकपाको बहिष्कारकाबीच प्रदेश नम्बर २ का ८ जिल्लामा स्थानीय तहको तेस्रो चरणको निर्वाचन सुरू भएको छ। ठाउँ ठाँउमा बम बिष्पोट भइरहेका कारण मतदाताहरु त्रसित भएका छन् ।
१३६ स्थानीय तह रहेको प्रदेश नम्बर दुईमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा सोमबार बिहान ७ बजेदेखि निर्वाचन भइरहेको छ। तर मतदान गर्न आउनेहरुको संख्या भने उल्लेख मात्रामा नभएको त्यहाँबाट हाम्रा संवाददाताहरुले बनाएका छन् ।
६६ सय २७ पदका लागि ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् । निर्वाचन आयोगका अनुसार नगरप्रमुख तथा अध्यक्षमा पुरुष १७ सय नौ र महिला ६१ जना उम्मेदवार चुनावी मैदानमा छन् । नगर उपप्रमुख र उपाध्यक्षमा भने महिलाको उम्मेदवारी बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा एक सय ९७ पुरुष र नौ सय १९ महिला उम्मेदवार छन्।
आयोगको तथ्यांकअनुसार वडाध्यक्षमा पुरुष आठ हजार ५२ र महिला दुई सय २३ जना उम्मेदवार छन् । हालसम्म आठजना निर्विरोध भइसकेका छन्। २१ सय ६६ मतदानस्थलमा ३५ सय ७८ मतदान केन्द्र रहनेछन् ।
निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताइए पनि नेकपाको बहिष्कार अनिभियानले सन्त्रास छाएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार पाँच सय कर्मचारी परिचालन गरिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्