
बझाङ – जिल्ला वन कार्यालय बझाङले यार्साबाट ८० लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४ र ०७५ को १८ गतेसम्म ३ सय २३ किलो यार्सा निर्यात भएको जिल्ला वन कार्यालयका नायव सुब्बा गजाधर जोशीले बताए ।
‘प्रतिकिलो २५ हजार रुपैयाँका दरले राजस्व संकलन भएको हो,’ उनले भने, ‘कूल ३ सय ६८ किलो यार्सा संकलन भएपनि ४५ किलो यार्सा निर्यात हुन बाँकी रहेको छ ।’ आर्थिक वर्ष २०७४र०७५ मा यार्साबाट ९२ लाख रुपैयाँ राजस्व संकलन हुने बताइएको छ ।
गतका वर्षभन्दा यस वर्ष यार्सा राम्रो पाइएको जिल्ला वन कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७३र०७४ मा जम्मा २ सय ८४ किलो ३ सय ९४ ग्राम मात्र यार्सा संकलन भएको थियो । जसअनुसार यार्साबाट ७१ लाख ९ हजार ८ सय ५० रुपैयाँ राजस्व संकलन भएको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस वर्ष समयमा नै पानी पर्नु, यार्सा पाइने क्षेत्रमा समयमा नै हिउ पग्लिनु लगायतका कारणले विगतका वर्षभन्दा यस वर्ष यार्सा संकलकले यार्सा राम्रो संकलन गरेका हुन् ।जिल्ला वन कार्यालयबाट २३ जनाभन्दा बढी ठेकेदारले यार्सा निर्यात गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्