काठमाडौँ – परराष्ट्र मन्त्रालयले मलेसियाको पेनाङ सहरमा भएको बस दुर्घटनामा कुनैपनि नेपालीको मृत्यु नभएको जनाएको छ ।
मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत मंगलबार बिहान भएको बस दुर्घटनामा ३ जना नेपाली कामदार भने घाइते भएको जनाएको छ ।
मलेसियाको पेनाङ सहरमा मंगलबार विहान ५ः३० बजे नेपाली र इन्डोनेसियन कामदार बोकेका दुईवटा बस एकआपसमा ठोक्किएका थिए । दुई बस ठोक्किँदा ८ जना कामदारको मृत्यु भएको थियो भने ३३ घाइते भएका थिए ।
मृत्यु हुने सबै महिला भएको प्रहरीले जनाएको छ ।