
गुल्मी – गुल्मीको ग्रामीण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययनका लागि चीनको राज्यसभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय टोली आउने भएको छ ।
नेपालको ग्रामीण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकासका लागि यही असोज २७ गते मुसिकोट नगरपालिका–१ को पौदी क्षेत्रको सम्भाव्यता अध्ययनका लागि भोलि टोली आउँदै गरेको भर्माचौर नमूना एकीकृत कृषिफार्म मुसिकोट नगरपालिका–१ का सचिव दीनानाथ पौड्यालले जानकारी दिए ।
साथै, सचिव पौड्यालले भने, “उक्त दिन कृषि उत्पादनको संकलन तथा प्रदर्शन कार्यक्रम भएको हुँदा आआफ्नो गाउँघर तथा छरछिमेकमा कृषकले उत्पादन गरेका कृषिउपज तथा उत्पादित वस्तुलाई कृषि प्रदर्शनीमार्फत उत्कृष्ट कृषकलाई पुरस्कृतसमेत गरिने फार्मका सचिव पौड्यालले जानकारी दिए ।
यता नेपाली काँग्रेसका युवा नेता दामोदर भुसालले भने, “टोलीले जैविक कृषि प्रणालीको सम्भाव्यता र कृषि क्षेत्रमा नेपाल र चीनको सहकार्यका लागि सम्भाव्यता अध्ययन गर्नका लागि टोली आउने भएको हो ।” उक्त अध्ययनका लागि चीनका आठजना विशेषज्ञसहितको टोली आउनेसमेत नेता भुसालले जानकारी दिए ।
चीन सरकारले उपलब्ध गराएको छात्रबृत्तिमा विद्यावारिधि गर्दै गरेका युवा नेता भुसालको विशेष पहल तथा त्रिवि वनस्पति विभागको आयोजना र स्थानीय भर्माचौर नमूना एकीकृत कृषि फार्म मुसिकोट–१ को समन्वयमा चीन सरकारको मातहतमा रहेको विकास अनुसन्धान केन्द्रको उच्चस्तरीय टोली गुल्मी तथा बाग्लुङको पौदी क्षेत्रमा अनुसन्धान, परीक्षण तथा सम्भाव्यता अध्ययनका लागि आउन लागेको भुसालले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्